
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तयारी गरिएको छ।
बैठकमा विभिन्न मन्त्रालयले पेस गरेका प्रस्तावमाथि छलफल हुने बताइएको छ। साथै, सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा पनि छलफल गरी आवश्यक निर्णय गरिनेछ।
सरकारले अघि बढाइरहेका विभिन्न योजना, कार्यक्रम तथा प्रशासनिक कामका विषयमा पनि बैठकमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे