
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच भेटवार्ता भएको छ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध र दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो। दुवै मन्त्रीले लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे।
अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै राहत र पुनःस्थापनामा सहयोग जारी राख्ने बताइन्। उनले बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रारम्भिक पुनःस्थापनाका लागि थप १ करोड ५० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरिन्। यसअघि अस्ट्रेलियाले १ करोड १० लाख डलर सहयोग गरिसकेको थियो।
मन्त्री खनालले सहयोगका लागि अस्ट्रेलिया सरकार र जनतालाई धन्यवाद दिँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय रूपमा आवाज उठाउन आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे