
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँगै भारतको दुईदिने राजकीय भ्रमणमा रहेका उनले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित व्यापारिक कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।
भारतीय उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले सूचना प्रविधि, जलविद्युत् र यातायात तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका थिए । नेपालमा पहिले नै लगानी गरिरहेका कम्पनीलाई समेत लगानी थप्न उनले सुझाव दिएका थिए ।
उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले कानुन तथा नीतिमा सुधार गरिरहेको बताए । लगानी सुरक्षित गर्ने, उचित प्रतिफल दिने र नाफा विदेश लैजान सहज बनाउने विषयमा सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली तथा डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख सहभागी थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे