
काठमाडौँ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई अदालतको म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ रोकिएको हो ।
यसअघि सर्वोच्च अदालतले केसीलाई म्याद बुझाउन पठाएको थियो । तर, प्रहरी प्रधान कार्यालयले उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै म्याद बुझ्न अस्वीकार गरेको थियो ।
त्यसपछि कार्कीले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा अदालतले केसीलाई प्रहरी महानिरीक्षकका रूपमा उल्लेख गर्दै कागजातमा आवश्यक संशोधन गरेको थियो । अब म्याद बुझाउने प्रक्रिया पूरा भएपछि मुद्दाको सुनुवाइ अघि बढ्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे