
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटको सुनुवाइ न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा हुने तय भएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले आनीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा उनको नागरिकता विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको भन्दै प्रश्न उठाइएको छ।
निवेदकहरूले सार्वजनिक पदमा नियुक्त हुन आवश्यक योग्यता पूरा नभएको जिकिर गरेका छन्। सरकारले गत असोज ३० गते आनीलाई उपाध्यक्ष नियुक्त गरेको थियो। उनले मंसिर २ गते पदभार ग्रहण गरेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे