
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसा अन्त्य गर्न सबै पक्षलाई सक्रिय हुन आग्रह गरेका छन्। उनले हिंसा सहन नगर्ने नीति व्यवहारमै लागू गरी पीडितलाई सुरक्षा र न्याय दिनुपर्ने बताएका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौतीका रूपमा बढिरहेको उल्लेख गरेका छन्।
सरकारले महिला सशक्तीकरण, बालिका शिक्षा, पीडितको संरक्षण र दोषीलाई कारबाही गर्ने विषयलाई प्राथमिकता दिएको उनको भनाइ छ। भोटेकोशी क्षेत्रमा गएको बाढीपछि विपद्का समयमा हिंसाको जोखिम बढ्न सक्ने भन्दै उनले सचेत रहन आग्रह गरेका छन्।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे