
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ग्यास उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन हुन निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्र पठाउँदै आयात र बिक्री वितरण बढाउन आग्रह गरेको हो।
निगमले बजारमा ग्यासको मागअनुसार आयात बढाउन र उद्योगमा रहेका भण्डारण क्षमताको पूर्ण उपयोग गर्न भनेको छ। साथै, भन्सारमा रोकिएका ग्यास बोकेका बुलेटहरू छिटो छुटाएर बजारमा पठाउन निर्देशन दिएको छ।
ग्यासको आपूर्ति नियमित, सहज र प्रभावकारी बनाउने उद्देश्यले निगमले यस्तो कदम चालेको जनाएको छ। उद्योगहरूले निर्देशन पालना गरे बजारमा ग्यासको उपलब्धता सहज हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे