
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा उनी पक्राउ परेका हुन् । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।
नेपाली कामदारलाई मलेसिया पठाउँदा गरिने स्वास्थ्य परीक्षण र बायोमेट्रिक सेवाका लागि विदेशी मुद्रा सटही सुविधा दिने विषयमा नेपाल राष्ट्र बैंकलाई पत्र लेखिएको प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
उक्त प्रकरणमा संगठित अपराध र ठगीको आरोपमा सीआईबीले पूर्व श्रममन्त्री, कर्मचारी तथा स्वास्थ्य संस्थाका अध्यक्ष कैलाश खड्कासहित केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। भारतबाट नेपाल फर्कने क्रममा कलकत्ता पुगेका अर्याल पनि सोही प्रकरणमा पक्राउ परेको हुनसक्ने आशंका गरिएको छ। तर, नेपाल र भारतका कुनै पनि आधिकारिक निकायले यसबारे पुष्टि गरेका छैनन्।
अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अवकाश पाएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे