• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

५ मिनेट अघि
२

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

२0 घण्टा अघि
३

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२0 घण्टा अघि
४

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
५

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
६

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
७

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
८

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
९

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
१०

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

२ दिन अघि
११

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

२ दिन अघि
१२

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (४ साल अघि)

बागलुङ नगरपालिकाद्वारा पाँच प्रकारका सेवा गाउँमै

  • 4,945 Views
  • बाग्लुङ । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो । सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएसँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्न थालेको छ । नगरपालिकाले शनिबार रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन सुरु गरेको छ ।

    आगामी भदौ २४ गतेभित्र नगरभित्रका १० वडामा घुम्ती शिविर सम्पन्न हुनेछ । विशेषगरी सदरमुकामभन्दा बाहिर ग्रामीण क्षेत्रमा रहेका वडाहरूका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आइतबारदेखि घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

    शिविरमा वडामा सञ्चालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताका लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको उनको भनाइ छ । नगरपालिकाले विषेशगरी ग्रामीण क्षेत्रमा रहेका वडा नं ५, देखि वडा नं १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।

    शिविरमा योजना सम्झौताका साथमा स्वास्थ्य सेवा शिविर, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तीय साक्षरता, बालमैत्री नगरपालिका पूर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाहलगायतका कार्यक्रम पनि गाउँमै पुगेर दिन थालिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

    “भूगोलको हिसाबले नगर क्षेत्रभित्र केही टाढा रहेका वडासमेत छन्, उनीहरु नगरमा योजना सम्झौता तथा अन्य सेवा लिनका लागि असहज भएको हामीले महसुस गरेका थियौँ”, उनले भने, “अब नागरिक नगरपालिकामा होइन, नगरपालिका नागरिककामा पुग्नुपर्छ भन्ने हाम्रो अभियान हो ।”

    आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुरुप सबै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठूलो भूमिका पु¥याउने विश्वास लिएको भन्दै नगर उपप्रमुख राज खड्काले ८० प्रतिशत योजना वडामै सम्झौता गर्ने जानकारी दिए ।

    आम उपभोक्ताको समस्यालाई मध्यनजर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविरमार्फत योजना सम्झौतालगायतका काम अगाडि बढाइएको छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेनालगायतका विभिन्न कार्यालय र सङ्घसंस्थाले सहयोग गरेका छन् ।

    शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । आगामी मङ्सिर मसान्तभित्र सबै योजना सम्झौता गरी काम अगाडि बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौता पश्चात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको उनले बताए ।

    वडाभित्रका टोल अर्थात् साविकको वडामा टोल समिति बनाएर सोही टोल समितिमार्फत योजनाका काम अगाडि बढाइने सापकोटाले बताए । टोल विकास समितिले रु पाँच लाखसम्मको योजनाको काम गर्न पाउनेछन् । काम सम्पन्न भएर सबै वडा तहमै अनुगमन भएपश्चात नगरपालिकाले भुक्तानी दिने छ ।

    नगरपालिकाले यस वर्षदेखि रु १० लाखसम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगर उपप्रमुख खड्काले जानकारी दिए । प्रत्येक वडामा प्राविधिक खटाएर रु १० लाखसम्मका योजना वडाध्यक्ष र वडा सचिवसहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उनको भनाइ छ ।

    यस्तै नगरपालिकाले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्थामार्फत योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफूले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैँले गर्नुपर्ने बनाएको छ ।

    खोलाको नजिक अस्पताल बन्दै

    यतिबेला निसिखोला गाउँपालिकाको पालिकास्तरीय अस्पताल धमाधम निर्माण थालिएको छ । निसीखोला – ४ झिम्पामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पताल भने जोखिमपूर्ण स्थानमा निर्माण थालिएको जनाउँदै टिप्पणी भएको छ ।

    एक वर्ष अगाडि निसिखोला गाउँपालिकाले संघीय सरकारले विनियोजन गरेको बजेटबाट अस्पताल निर्माण गर्न थालेको थियो भने बीचमा काम रोकिएर अहिले भवनको पिलर हाल्ने काम धमाधम भइरहेको छ । तर निर्माणाधीन भवन नजिकैबाट बगिरहेको निसीखोलाका कारण अस्पताल जुनसुकै बेला जोखिममा पर्ने देखिन्छ ।

    विपद्मा चाहिने अस्पताल जुनसुकै समयमा निसीखोलाले क्षति पुर्याउने जनाउँदै अहिले अस्पताल निर्माणस्थल नजिकैबाट बगेको खोलासहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । गत वर्ष मङ्सिर १५ गते अस्पतालको शिलान्यास गरिएको थियो ।

    अस्पताल निर्माणका लागि गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमानमा हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएको छ । दश शय्याको पालिकास्तरीय अस्पताल निःशुल्क जग्गा खोज्ने क्रममा उक्त स्थानमा निर्माण थालिएको हो । आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ । हिउँदको समयमा खासै जोखिममा नरहे पनि वर्षात्को समयमा भने निसीखोला उर्लिएर निर्माणाधीन अस्पतालको नजिक पुग्ने गरेको छ ।

    यस विषयमा केही व्यक्तिले अस्पताल जोखिममा रहेको जनाउँदै निर्माण रोक्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले तटबन्धन गरी संरक्षण गरेर निर्माणलाई तीव्रता दिनुपर्ने मत राखेका छन् । निसीखोलाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले कार्यपालिकाको निर्णय र सबैको सहमतिमा सोही स्थानमा निःशुल्क जग्गा प्राप्त भएपछि अस्पताल निर्माण गर्न थालेको बताए ।

    “अस्पताललाई लाग्ने आठ रोपनी जग्गा किन्न सक्ने पालिकाको क्षमता थिएन, निसी खोलामा मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि जग्गाको भाउ आकासिएको छ”, उनले भने, “धेरै स्थानमा जग्गा खोजियो, निःशुल्क पाउन सकिएन यो ठाउँमा यहाँका स्थानीयले निःशुल्क आठ रोपनीभन्दा बढी जग्गा दिनुभयो, पालिकाको केन्द्रका हिसाबले समेत सबैलाई पायक पर्ने स्थानमा रहेको छ, खोलाको नजिकै भएकाले पालिकाले खोलाको जोखिम हटाउन केही संरचना पालिकाले बनाउनुपर्छ ।”

    उनले गाउँपालिकाले जग्गा छनोट गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतको टोलीले त्यस ठाउँको निरीक्षण गरेपछि अस्पताल निर्माणका लागि उपयुक्त भएको भनेपछि आफूहरुले निर्माण अगाडि बढाएको जानकारी दिए ।

    अस्पताल बनाउन १५ स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् । निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले अन्य स्थानमा जग्गा व्यवस्थापन नहुँदा यो ठाउँमा अस्पताल निर्माण गर्न थालेको बताए । उनले अस्पताल बन्ने स्थल खोलाको जोखिममा रहे पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको भनाइ छ । अस्पताल जोगाउनका लागि तटबन्धन गर्न रु २० लाख विनियोजनसमेत भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ५ मिनेट अघि

  • २

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    २0 घण्टा अघि

  • ३

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २0 घण्टा अघि

  • ४

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • ५

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ६

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ७

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ८

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ९

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • १०

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution