
काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको विपद्को अध्ययन गर्न गठित प्रतिनिधि सभाको विशेष समितिको सभापति चयन असोज १४ गते हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समितिको सभापति पदका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने जानकारी गराएका हुन्।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७६ को उपनियम (१) बमोजिम सभापति निर्वाचनको मिति र समय निर्धारण गरिएको सभामुख अर्यालले बताए।
विशेष समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभाव, जलवायु न्यायसँग सम्बन्धित विषय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा हालै देखिएको विपद्को अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
समितिको सभापति चयन भएपछि अध्ययनका लागि आवश्यक कार्ययोजना तयार गरी सम्बन्धित विषयमा अध्ययन तथा छलफल अघि बढाउने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे