• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

२ घण्टा अघि
२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२ घण्टा अघि
३

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

२३ घण्टा अघि
४

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
५

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
६

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
७

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
८

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
९

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१ दिन अघि
१०

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१ दिन अघि
११

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१ दिन अघि
१२

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार (२ हफ्ता अघि)

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

  • 1,040 Views
  • काठमाडौं ।खेल पूर्वाधारको विकास, व्यवस्थापन तथा प्रतियोगिता सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्यको अभाव देखिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले तीन तहका सरकारबीच सहकार्य र समन्वयको व्यवस्था गरे पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत आधार तयार हुन नसकेको पाइएको छ ।

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४९ मा खेल पूर्वाधारको विकास तथा व्यवस्थापन र खेलकुद प्रतियोगिता सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्य तथा समन्वय गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ऐनको दफा ४८ को उपदफा (३) मा खेलकुद पूर्वाधार निर्माण, विकास तथा प्रतियोगिता सञ्चालनका लागि आवश्यकताअनुसार निजी क्षेत्र, गैरसरकारी संस्था, सहकारी तथा सामुदायिक संघसंस्थासँग साझेदारी गर्न सकिने व्यवस्था गरिएको छ ।

    तर, तीन तहका सरकारबीच समन्वय र सहकार्यलाई व्यवस्थित गर्ने आवश्यक कानुन निर्माण हुन नसक्दा खेल पूर्वाधार विकासका क्षेत्रमा स्पष्ट कार्यविभाजनको खाका तयार हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्का अनुसार कानुनी तथा संस्थागत समन्वयको अभावमा खेल पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारीको अवधारणासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

    अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत परिचालन हुन नसक्दा खेलकुदको व्यावसायीकरणमा समेत अपेक्षित प्रगति हुन नसकेको परिषद्ले जनाएको छ । कतिपय प्रदेश तथा स्थानीय तहले परिषद्को स्वीकृति तथा प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी समन्वयबिना आ–आफ्नै ढंगले खेल पूर्वाधार निर्माण गरेका छन् । यसका कारण प्रदेश तथा स्थानीय तहले निर्माण गरेका खेल संरचना र त्यहाँ सञ्चालन हुने प्रतियोगिताबारे राष्ट्रिय खेलकुद परिषद् नै पूर्ण रूपमा जानकार हुन नसक्ने अवस्था देखिएको छ ।

    त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय तथा कार्यविभाजनको खाका नहुँदा राष्ट्रिय खेलकुद परिषद्बाट निर्माण भएका केही खेल पूर्वाधार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नसमेत समस्या भएको परिषद्ले जनाएको छ । खेल पूर्वाधार निर्माणदेखि सञ्चालन, व्यवस्थापन, मर्मतसम्भार तथा उपयोगसम्म तीन तहका सरकारको भूमिका स्पष्ट नहुँदा निर्माण भएका संरचनाको प्रभावकारी उपयोगमा समेत चुनौती देखिएको छ ।

    निर्मित खेल पूर्वाधारको उपयोगमा पनि असमानता

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ९ ले राष्ट्रिय खेलकुद परिषद्लाई खेल पूर्वाधार निर्माण, व्यवस्थापन तथा मर्मतसम्भार गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना तथा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । साथै, अन्तरप्रदेश, प्रदेश तथा स्थानीय तहमा खेलकुदको सञ्चालन, विकास तथा पूर्वाधार विकासका लागि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहयोग तथा सहकार्य गर्नुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

    उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कीर्तिपुर क्रिकेट मैदान, मूलपानी क्रिकेट रङ्गशाला र दशरथ रङ्गशालामा राष्ट्रियस्तरका ११ वटा प्रतियोगिता सञ्चालन भएका थिए । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्तर्राष्ट्रियस्तरका ४ तथा राष्ट्रियस्तरका १० प्रतियोगिता सञ्चालन भएका थिए ।

    राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा काठमाडौं जिल्ला खेल विकास समितिले १५औँ काठमाडौं जिल्ला राष्ट्रपति शिल्ड उसु छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यस्तै, च्यासल फुटबल मैदानमा खेलकुद प्रतियोगिताबाहेक एक सांगीतिक कार्यक्रमसमेत सञ्चालन भएको देखिएको छ ।

    तर, काठमाडौं उपत्यकाबाहिर निर्माण भएका खेल पूर्वाधार संरचनाको उपयोगसम्बन्धी तथ्याङ्क भने परिषद्बाट उपलब्ध हुन नसकेको उल्लेख गरिएको छ । यसले निर्माण भएका खेल संरचनाको उपयोग, संरक्षण तथा व्यवस्थापनको अवस्थाबारे एकीकृत अभिलेख र अनुगमन प्रणालीको आवश्यकता देखाएको छ ।

    कानुनअनुसार निर्मित खेल संरचनाको रेखदेख, संरक्षण तथा उपयोगको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्मा रहेकाले परिषद्ले प्रदेश तथा स्थानीय तहमा निर्माण भएका खेल पूर्वाधारको समेत एकीकृत लगत अद्यावधिक गर्नुपर्ने देखिएको छ । निर्माण भएका संरचनालाई नियमित रूपमा उपयोगमा ल्याउने, संरक्षण तथा मर्मतसम्भार गर्ने र आवश्यकताअनुसार प्रतियोगिता तथा अन्य खेल गतिविधिका लागि उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

    खेल पूर्वाधारको दिगो विकासका लागि लगानी, जग्गा उपलब्धता, निर्माण, सञ्चालन, मर्मतसम्भार तथा संरचनाको उपयोगबाट प्राप्त लाभको बाँडफाँटलगायतका विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको देखिन्छ । साथै, निजी क्षेत्रको लगानी आकर्षित गरी सार्वजनिक–निजी साझेदारीको अवधारणामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र व्यवस्थापन गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिएको छ । तीन तहका सरकारबीच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्यको संयन्त्र निर्माण गरी निर्माण भएका संरचनाको अधिकतम उपयोग गर्न सके खेल पूर्वाधारमा भएको लगानीको प्रतिफल बढाउन सकिने देखिन्छ ।

    नेपालमा खेलकुद पूर्वाधार निर्माण भइरहे पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचना तथा आवश्यक सुविधा पर्याप्त नहुँदा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न समस्या देखिएको छ । सम्बन्धित अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूले खेलको प्रकृति र प्रतियोगिताको स्तरअनुसार मैदान तथा खेल संरचनाका न्यूनतम मापदण्ड निर्धारण गरी सोही आधारमा प्रतियोगिता सञ्चालनको अनुमति दिने गरेका छन् ।

    अन्तर्राष्ट्रिय फुटबल महासंघले फुटबल, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्रिकेट, अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले एथलेटिक्स तथा अन्तर्राष्ट्रिय पौडी महासंघले पौडी खेलका लागि आवश्यक पूर्वाधार र संरचनाको मापदण्ड निर्धारण गरेका छन् । ती मापदण्ड पूरा भएका खेल मैदान तथा संरचनालाई सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त भएपछि मात्रै नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज हुने व्यवस्था रहेको छ ।

    नेपालमा हाल ७ अन्तर्राष्ट्रियस्तर, ४ राष्ट्रियस्तर र ४ क्षेत्रीयस्तर गरी १५ वटा क्रिकेट रङ्गशाला निर्माणाधीन अवस्थामा रहेका छन् । तीमध्ये मूलपानी क्रिकेट रङ्गशाला र कीर्तिपुर क्रिकेट रङ्गशाला न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएका संरचनाका रूपमा रहेका छन् । तर, नेपालमा रहेका क्रिकेट रङ्गशालाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट औपचारिक मान्यता प्राप्त गर्न भने बाँकी रहेको छ ।

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसिएट सदस्य राष्ट्रका रूपमा २०७४ चैत ४ गते एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मान्यता प्राप्त गरेको थियो । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकेको न्यूनतम मापदण्डअनुसारका खेल पूर्वाधारको अभावका कारण नेपालमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता पर्याप्त रूपमा आयोजना हुन सकेका छैनन् । हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता अर्थात् क्रिकेट विश्वकप लिग सञ्चालन भएको उल्लेख गरिएको छ । नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भने सम्बन्धित निकायबाट अस्थायी मान्यता प्रदान गरी प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

    यसैगरी, नेपालमा एकवटा फुटबल रङ्गशाला निर्माण सम्पन्न भइसकेको छ भने २१ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन तथा निर्माण सम्पन्न रङ्गशालामध्ये ७ अन्तर्राष्ट्रियस्तर, ७ राष्ट्रियस्तर र ८ क्षेत्रीयस्तरका रहेका छन् । नेपाल अन्तर्राष्ट्रिय फुटबल महासंघ तथा एसियाली फुटबल महासंघजस्ता अन्तर्राष्ट्रिय संस्थाको एसोसिएट सदस्य राष्ट्र भए पनि हालसम्म नेपालका कुनै पनि फुटबल रङ्गशालाले सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक मान्यता प्राप्त गर्न सकेका छैनन् ।

    नेपालमा समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता सञ्चालन हुँदै आए पनि आवश्यक पूर्वाधार तथा सुविधाको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ । दशरथ रङ्गशालामा लाउन्ज, मेडिकल तथा चेन्जिङ रुम, मिडिया सेन्टर, प्रि–म्याच तथा पोस्ट–म्याच सम्मेलन कक्ष, सुरक्षा व्यवस्था, भीभीआईपी कक्ष, मैदानको घाँस तथा शौचालयलगायतका न्यूनतम पूर्वाधार उपलब्ध भए पनि अन्य रङ्गशालामा यस्ता आवश्यक सुविधा पर्याप्त रूपमा उपलब्ध नरहेको जनाइएको छ ।

    परिषद्का अनुसार नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका लागि सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले प्रतियोगिता सञ्चालनपूर्व मैदानको मूल्याङ्कन तथा निरीक्षण गरी आवश्यकताअनुसार मौखिक रूपमा अनुमति दिने गरेको छ । औपचारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता पर्याप्त मात्रामा आयोजना गर्न कठिनाइ हुँदै आएको छ ।

    त्यसैले नेपालमा अन्तर्राष्ट्रिय खेलकुदको विस्तार र नियमित रूपमा ठूला प्रतियोगिता आयोजना गर्न मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा सम्बन्धित खेल संघसंस्थाले अन्तर्राष्ट्रिय संस्थाले तोकेका मापदण्डअनुसार खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक मान्यता प्राप्त गर्न सके नेपालमा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना र खेल पर्यटनको विकासलाई समेत थप गति दिन सकिने अपेक्षा गरिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    २ घण्टा अघि

  • २

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २ घण्टा अघि

  • ३

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    २३ घण्टा अघि

  • ४

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ५

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ६

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ७

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ८

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • ९

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १ दिन अघि

  • १०

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution