
काठमाडौं । सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान वितरण गर्ने सम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन्।
मन्त्री चौधरीको निजी सचिवालयका अनुसार स्वीकृत कार्यविधिअनुसार किसानलाई अनुदान वितरणको प्रक्रिया अघि बढाइनेछ। कृषि मन्त्रालयले बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई अनुदान रकम उपलब्ध गराइने जनाएको छ।
सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ। यस अनुदानले उखु खेतीमा संलग्न किसानलाई उत्पादन लागत व्यवस्थापन गर्न तथा खेतीप्रति प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे