• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद

१४ घण्टा अघि
२

पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

१ दिन अघि
३

पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय

१ दिन अघि
४

नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक

१ दिन अघि
५

‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित

१ दिन अघि
६

साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

२ दिन अघि
७

मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

२ दिन अघि
८

राष्ट्र बैंकको एकीकृत परिपत्र : शेयर कर्जा, ईभी बस, ब्याज आम्दानी, निर्माण व्यवसायी र राष्ट्रिय परिचयपत्रमा ठूला परिवर्तन

२ दिन अघि
९

हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट

२ दिन अघि
१०

नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

३ दिन अघि
११

बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री पदमुक्त

३ दिन अघि
१२

उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७८ पौष १२, सोमबार (४ साल अघि)

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत,क्यामेरा राखेर सर्वेक्षण गरिदै,विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने

National Tiger Survey

  • 5,790 Views
  • चितवन ।  राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण गरिएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ती क्षेत्रमा राखिएका क्यामेरा झिक्ने काम सकिएको छ । उनले भने, “पहिलो व्लकका क्यामेरा झिक्ने काम सम्पन्न भएको छ । दोस्रो ब्लकमा क्यामेरा राख्न सुरु गरिएको छ ।”

    आज दिनभरमा दोस्रो ब्लकमा क्यामेरा राख्ने कामसमेत सम्पन्न हुने उनले जानकारी दिए । पहिलो ब्लकमा राखिएका क्यामेरा २१ दिनपछि झिकिएको हो । यस व्लकलाई २८० ग्रिडमा विभाजन गरी ५६० क्यामेरा प्रयोग गरिएको थियो ।

    पहिलो ब्लकमा सर्वेक्षणका लागि १०० जनशक्ति परिचालन गरिएको थियो । पहिलो ब्लकमा सर्वेक्षणका लागि १३ स्थानमा क्याम्प खडा गरिएको जनाउँदै उनले प्रत्येक क्याम्पमा छदेखि आठ जनासम्म गणक तथा प्राविधिक परिचालन गरिएको जानकारी दिए ।

    दोस्रो ब्लकअन्तर्गत सौराहादेखि पूर्वचितवनको पूर्वी भाग, माडीको पूर्वी भाग, ठोरी हुँदै शिकारीबाससम्म सर्वेक्षणको सुरु गरिने उनले बताए । उनका अनुसार यस ब्लकलाई २९० ग्रिडमा विभाजन गरी सर्वेक्षण गरिँदै छ । यहाँ करिब ५८० स्वचालित क्यामेरा प्रयोग गरिने निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष क्यामेरा ट्रयापिङको विधिबाट सर्वेक्षण गरिरहेको छ ।

    निकुञ्जले प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गर्ने गर्दछ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघ सर्वेक्षणका लागि क्याम्प निर्माण गर्दा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गणको नजिकै पारिएको छ ।

    काम गर्दा दुर्घटना हुनसक्ने भएकाले उच्च सावधानीका साथ काम गरिएको उनले बताए । दोस्रो ब्लकमा पनि सरदर २२ दिन बाघ सर्वेक्षण गरिने उहाँले जानकारी दिए।

    दोस्रो ब्लकमा काम सकिएलगत्तै तेस्रो ब्लकमा काम सुरु गरिने छ । तेस्रो ब्लकअन्तर्गत पर्साको बाँकी भाग र रौतहटसम्मको वन क्षेत्रमा क्यामेरा राखिने छ । सोही जनशक्ति तेस्रो ब्लकमा समेत परिचालन गरिने छ । चितवन राष्ट्रिय निकुञ्जका केही कर्मचारी घट्ने छन् भने पर्साका थपिने निकुञ्जले जनाएको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको कम्प्लेक्समा काम सक्नका लागि करिब तीन महिना लाग्ने छ । बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग हुने सूचना अधिकारी तिवारीले बताए ।

    अहिले क्यामेराले सङ्कलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ । तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए ।

    अहिले भने ल्यापटप र कम्युटरमा सार्ने काम मात्र हुनेछ । बाघ सर्वेक्षणको कामअन्तर्गत बर्दिया र बाँके ब्लकमा गत मङ्सिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ ।

    सर्वेक्षण सम्पन्न गर्नका लागि करिब रु चार करोड खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।सर्वेक्षणका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिनेछ । क्यामेरा जडान भएको क्षेत्रबाट बाघ हिँडेको अवस्थामा स्वचालित क्यामेराले बाघको फोटो खिच्ने उहाँले बताए । तस्बिर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजना रहेको छ ।

    सन् २००९ देखि राष्ट्रियरुपमा नै बाघको सर्वेक्षण सुरुआत गरिएको थियो । हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटासम्म वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षणअनुसार २३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको थियोे । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    बाघ सर्वेक्षणको वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले स्वचालित क्यामेरा सञ्चालन गरी शुभारम्भ गर्नुभएको थियो । नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ । ती क्षेत्रमा गणना गर्न सुरु गरिएको हो ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता रहेको छ । सो प्रतिबद्धता पूरा भएको अनुमान सरोकारवालाले गरेका छन् ।

    नेपालमा हरेका चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ । अहिले निकुञ्ज र वन क्षेत्रमा बाघको चहलपहल बढी देखिएसँगै यो सर्वेक्षणसँगै बाघको सङ्ख्या बढेको तथ्याङ्क आउने विज्ञको अनुमान छ । निकुञ्जमा घुम्न आएका पर्यटक र संरक्षणकर्मीले बाघ देखेको जनाउँदै आएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद
    १४ घण्टा अघि

  • २

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च
    १ दिन अघि

  • ३

    पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय
    १ दिन अघि

  • ४

    नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक
    १ दिन अघि

  • ५

    ‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित
    १ दिन अघि

  • ६

    साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल
    २ दिन अघि

  • ७

    मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा
    २ दिन अघि

  • ८

    राष्ट्र बैंकको एकीकृत परिपत्र : शेयर कर्जा, ईभी बस, ब्याज आम्दानी, निर्माण व्यवसायी र राष्ट्रिय परिचयपत्रमा ठूला परिवर्तन
    २ दिन अघि

  • ९

    हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट
    २ दिन अघि

  • १०

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    २

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ३

    प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने

    नेपाल नक्सा
    ४

    अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    ६

    भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, आठ संस्थालाई जरिबाना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution