• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

१५ घण्टा अघि
२

स्वास्थ्य बिमाको दाबी अस्वीकृति दर तीन वर्षमा दोब्बरभन्दा बढी

१ दिन अघि
३

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

२ दिन अघि
४

इन्डोनेसियामा सरकारी खाना खाँदा ८ सयभन्दा बढी विद्यार्थी बिरामी

२ दिन अघि
५

दल दर्ताअघि नै टुट्यो धवलशमशेर राणा–दुर्गा प्रसाईंको सहकार्य

२ दिन अघि
६

राजा देश चलाउन होइन, संकटमा राष्ट्रिय एकताका लागि चाहिन्छ : रवीन्द्र मिश्र

२ दिन अघि
७

‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

२ दिन अघि
८

किशोर श्रेष्ठको पक्राउबारे सर्वोच्चमा सुनुवाइ, अदालतमा उपस्थित गराउन आदेश

२ दिन अघि
९

सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्टले आज शपथ लिँदै, सानो मन्त्रिपरिषद् गठनको तयारी

२ दिन अघि
१०

सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

२ दिन अघि
११

सहुलियतपूर्ण कर्जा लिन के–के कागजात आवश्यक ? तीन कार्यदिनभित्र ऋण निर्णय गर्नुपर्ने

२ दिन अघि
१२

सर्पदंश र रेबिजको उपचारका अत्यावश्यक औषधि नेपाल आइपुग्यो

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार (१ महिना अघि)

नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक

  • 1,287 Views
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय स्थायित्व प्रतिवेदनले नेपालको वित्तीय प्रणाली समग्रमा स्थिर र लचिलो रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको पुँजी, तरलता र वित्तीय क्षमता नियामकीय मापदण्डभन्दा माथि रहे पनि बढ्दो निष्क्रिय कर्जा (एनपीएल) र कमजोर कर्जा विस्तार वित्तीय क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रले पुनरुत्थानको संकेत देखाएको छ। मुद्रास्फीति नियन्त्रणमा रहनु, बाह्य क्षेत्र सुदृढ हुनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनु तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.६१ प्रतिशतले वृद्धि हुनु यसको प्रमुख आधार बनेका छन्। अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६७ प्रतिशत थियो।

    राष्ट्र बैंकका अनुसार विद्युत् तथा ग्यास, यातायात तथा भण्डारण र वित्तीय क्षेत्रको विस्तारले आर्थिक वृद्धिमा मुख्य योगदान पुर्‍याएको छ। यद्यपि निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त रहनु, निष्क्रिय कर्जा बढ्दै जानु तथा पूँजीगत खर्च अपेक्षाअनुसार उपयोग हुन नसक्नु अर्थतन्त्रका चुनौतीका रूपमा कायम रहेका छन्।

    मुद्रास्फीति घट्यो, विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढ्यो

    आर्थिक वर्ष २०८१/८२ मा औसत मुद्रास्फीति ४.०६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ५.४४ प्रतिशत थियो। खाद्य तथा गैरखाद्य दुवै समूहको मूल्यवृद्धि घटेकाले मुद्रास्फीति नियन्त्रणमा आएको प्रतिवेदनमा उल्लेख छ।

    बाह्य क्षेत्र पनि थप सुदृढ बनेको छ। विप्रेषण (रेमिट्यान्स) आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ भने भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएको छ।

    मुद्रा आपूर्ति र निक्षेप बढ्यो

    राष्ट्र बैंकले अपनाएको सावधानीपूर्वक विस्तारमुखी मौद्रिक नीतिका कारण बैंकिङ क्षेत्रमा मुद्रा आपूर्ति र निक्षेप वृद्धि भएको छ। समीक्षा अवधिमा विस्तृत मुद्रा प्रदाय (एम–२) १२.५ प्रतिशत, निजी क्षेत्रतर्फ कर्जा ८.४ प्रतिशत तथा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

    बैंकको संख्या घट्दै, कुल १०६ संस्था सञ्चालनमा

    बैंक तथा वित्तीय संस्थाको एकीकरण नीतिअनुसार वित्तीय संस्थाको संख्या क्रमशः घटिरहेको छ। समीक्षा अवधिमा दुई लघुवित्त संस्थाले गाभ्ने तथा गाभिने प्रक्रिया सुरु गरेका छन्। २०८२ असार मसान्तसम्म नेपालमा कुल १०६ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्।

    वित्तीय प्रणालीको कुल सम्पत्तिमध्ये ७८.६६ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको छ। कुल सम्पत्तिका आधारमा वाणिज्य बैंकको हिस्सा ६५.९७ प्रतिशत तथा विकास बैंकको ६.०९ प्रतिशत रहेको छ।

    निक्षेप बढे पनि कर्जा विस्तार सुस्त

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार ६.१४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ६.११ प्रतिशत थियो। निक्षेप परिचालनको वृद्धि भने १३ प्रतिशतबाट घटेर १२.५८ प्रतिशतमा सीमित भएको छ।

    क्षेत्रगत रूपमा सबैभन्दा बढी कर्जा उपभोग क्षेत्र (२०.६० प्रतिशत), थोक तथा खुद्रा व्यापार (१८.४८ प्रतिशत), कृषि, वन तथा पेय पदार्थ उत्पादन (१६.६२ प्रतिशत), विद्युत्, ग्यास तथा पानी (७.९७ प्रतिशत) र वित्त, बीमा तथा घरजग्गा क्षेत्रमा (७.८८ प्रतिशत) प्रवाह भएको छ।

    खराब कर्जा बढ्यो, तर बैंकको नाफा पनि उकालो

    प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.६२ प्रतिशत पुगेको छ। बढ्दो खराब कर्जाले बैंकहरूको नाफा र कर्जा विस्तारमा दबाब सिर्जना गरे पनि समीक्षा अवधिमा बैंकिङ क्षेत्रले ७७ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशत बढी हो।

    पुँजी पर्याप्तता अनुपात १२.९५ प्रतिशत तथा कोर क्यापिटल अनुपात १०.१३ प्रतिशत रहेको छ। यी दुवै अनुपात नियामकीय न्यूनतम सीमाभन्दा माथि भए पनि क्रमशः घट्दो प्रवृत्तिले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

    तरलता सहज, बैंकिङ प्रणाली स्थिर

    वाणिज्य बैंकको लिभरेज अनुपात ६.४६ प्रतिशत रहेको छ, जुन नियामकीय सीमाभन्दा माथि हो। बैंक तथा वित्तीय संस्थाको कुल तरल सम्पत्ति–निक्षेप अनुपात २४.९२ प्रतिशत तथा कुल निक्षेपको तुलनामा खुद तरल सम्पत्ति ३४.३३ प्रतिशत रहेको छ। दुवै सूचकले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको देखाउँछन्।

    बेस रेट ६.६७ प्रतिशत, डिजिटल भुक्तानी विस्तार

    समीक्षा अवधिमा वाणिज्य बैंकहरूको औसत मासिक बेस रेट ६.६७ प्रतिशत रहेको छ। ब्याजदर स्प्रेड तथा बेस रेटमा आधारित कर्जा प्रणालीले ग्राहक संरक्षण र स्वस्थ प्रतिस्पर्धालाई सहयोग गरेको राष्ट्र बैंकको निष्कर्ष छ।

    २०८२ असार मसान्तसम्म नेपालमा नौ वटा भुक्तानी प्रणाली सञ्चालक र २३ वटा भुक्तानी सेवा प्रदायक सञ्चालनमा रहेका छन्। आरटीजीएस, कनेक्ट आईपीएस, फोनपे, क्यूआर भुक्तानी, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डरहित नगद निकासी तथा पीओएस सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको प्रतिवेदनमा उल्लेख छ।

    वित्तीय समावेशीकरणमा सुधार

    राष्ट्र बैंकका अनुसार देशभर स्थानीय तहसम्म बैंक शाखा विस्तार, वित्तीय साक्षरतामा सुधार तथा डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोगले औपचारिक वित्तीय सेवामा नागरिकको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ।

    प्रतिवेदनले समग्र वित्तीय प्रणाली अझै पनि झट्का सामना गर्न सक्षम रहेको निष्कर्ष निकालेको छ। यद्यपि सम्पत्तिको गुणस्तरमा आएको गिरावट, विशेषगरी बढ्दो निष्क्रिय कर्जा, आगामी दिनमा वित्तीय स्थायित्वका लागि चुनौती बन्न सक्ने भएकाले राष्ट्र बैंकले थप प्रभावकारी नियमन, निगरानी र विवेकपूर्ण नीति आवश्यक पर्ने औंल्याएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर
    १५ घण्टा अघि

  • २

    स्वास्थ्य बिमाको दाबी अस्वीकृति दर तीन वर्षमा दोब्बरभन्दा बढी
    १ दिन अघि

  • ३

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो
    २ दिन अघि

  • ४

    इन्डोनेसियामा सरकारी खाना खाँदा ८ सयभन्दा बढी विद्यार्थी बिरामी
    २ दिन अघि

  • ५

    दल दर्ताअघि नै टुट्यो धवलशमशेर राणा–दुर्गा प्रसाईंको सहकार्य
    २ दिन अघि

  • ६

    राजा देश चलाउन होइन, संकटमा राष्ट्रिय एकताका लागि चाहिन्छ : रवीन्द्र मिश्र
    २ दिन अघि

  • ७

    ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै
    २ दिन अघि

  • ८

    किशोर श्रेष्ठको पक्राउबारे सर्वोच्चमा सुनुवाइ, अदालतमा उपस्थित गराउन आदेश
    २ दिन अघि

  • ९

    सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्टले आज शपथ लिँदै, सानो मन्त्रिपरिषद् गठनको तयारी
    २ दिन अघि

  • १०

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    २

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ५

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

    नेपाल नक्सा
    ६

    डिजिटल भुक्तानीको प्रयोगमा तीव्र वृद्धि, क्यूआर र मोबाइल बैंकिङमा उच्च विस्तार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution