• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी

२ घण्टा अघि
२

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

२ घण्टा अघि
३

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

२ घण्टा अघि
४

एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

२३ घण्टा अघि
५

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१ दिन अघि
६

मन्त्रिपरिषद्‌को बैठक बस्दै

१ दिन अघि
७

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने

१ दिन अघि
८

भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

१ दिन अघि
९

गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल

१ दिन अघि
१०

भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब

१ दिन अघि
११

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने

१ दिन अघि
१२

बाढीपीडितलाई जीवन बीमाको रकम पाउन सहज, कागजात र दाबी प्रक्रिया सरल बनायो प्राधिकरणले

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहिबार (२ घण्टा अघि)

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

  • 338 Views
  • काठमाडौं । दसैं–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि हुने गरेको छ। चाडपर्वका बेला परिवारको खर्च धान्न विदेशमा रहेका नेपालीले स्वदेशमा रकम पठाउने क्रम बढेसँगै कुनै–कुनै महिनामा रेमिट्यान्स दुई खर्ब रुपैयाँभन्दा माथि पुग्ने गरेको छ। तर, यसरी भित्रिने ठूलो रकम दैनिक उपभोग र ऋण भुक्तानीमै खर्च हुने गरेको सरकारी तथ्यांकले देखाएको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। एकै महिनामा दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको यो पहिलो पटक थियो। उक्त आर्थिक वर्षको भदौ, असोज र कात्तिक गरी तीन महिनामा कुल पाँच खर्ब नौ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

    राष्ट्र बैंकको मासिक तथ्यांकले दसैं–तिहारअघि रेमिट्यान्स बढ्ने र चाडपर्व सकिएपछि घट्ने प्रवृत्ति देखाउँछ। गत आर्थिक वर्षको असोजमा भदौको तुलनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढेको थियो। तर, तिहार परेको कात्तिकमा भने अघिल्लो महिनाको तुलनामा ३३.५ प्रतिशतले घटेर एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको थियो। मंसिरमा पुनः वृद्धि हुँदै रेमिट्यान्स एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको थियो।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि यस्तै प्रवृत्ति देखिएको थियो। उक्त वर्षको असोजमा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन भदौको तुलनामा १२.६ प्रतिशत बढी थियो। कात्तिकमा भने रेमिट्यान्स २०.७ प्रतिशतले घटेर एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँमा झरेको थियो। चाडपर्वको खर्च व्यवस्थापनका लागि विदेशमा रहेका नेपालीले आवश्यक रकम चाडअघि नै पठाउने भएकाले असोजमा वृद्धि र कात्तिकमा गिरावट देखिने गरेको हो।

    यद्यपि, चाडपर्वका कारण कुनै एक महिनामा रेमिट्यान्स बढ्दैमा वार्षिक कुल रेमिट्यान्समा त्यस अवधिको हिस्सा अस्वाभाविक रूपमा उच्च हुने देखिँदैन। आर्थिक वर्ष २०८२/८३ मा कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदा भदौदेखि कात्तिकसम्मको तीन महिनाको हिस्सा २१.६ प्रतिशत रहेको थियो। त्यस अवधिमा मासिक औसत एक खर्ब ९७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

    त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा करिब १७ खर्ब २३ अर्ब रुपैयाँ कुल रेमिट्यान्स भित्रिँदा भदौ–कात्तिकको हिस्सा करिब २२.४ प्रतिशत थियो। पछिल्ला पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा यी तीन महिनामा भित्रिने रेमिट्यान्स वार्षिक कुलको २१.५ देखि २५ प्रतिशतसम्म रहने गरेको छ। वर्षभरि समान रूपमा रेमिट्यान्स भित्रिने अवस्था भए पनि तीन महिनाको हिस्सा २५ प्रतिशत हुने भएकाले चाडपर्वको अवधिमा देखिने उतारचढावले समग्र वार्षिक प्रवृत्तिमा ठूलो फरक नपार्ने देखिन्छ।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी रेमिट्यान्स भने चाडपर्वको समयमा नभई वैशाख महिनामा भित्रिएको थियो। उक्त महिनामा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

    चालु आर्थिक वर्ष २०८३/८४ मा दसैंको टीका कात्तिक ४ गते परेको थियो भने तिहार कात्तिक २० गतेदेखि सुरु हुँदैछ। नेपाल राष्ट्र बैंकले असोज महिनासम्मको रेमिट्यान्स विवरण सार्वजनिक गरिसकेको छैन। उपलब्ध तथ्यांकअनुसार साउनमा दुई खर्ब १५ अर्ब पाँच करोड र भदौमा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। दुई महिनामा कुल चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशत बढी हो।

    गत आर्थिक वर्ष २०८२/८३ मा रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ पुगेको थियो। उक्त रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत बराबर हो। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार युरोप, अमेरिका, जापान र कोरियाबाट आउने रेमिट्यान्स बढेकाले खाडी मुलुकमा देखिएको असरले समग्र रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट ल्याउन सकेको छैन।

    रेमिट्यान्सको आकार बढ्दै गए पनि त्यसको उपयोग उत्पादनमूलक क्षेत्रमा हुन नसकेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार रेमिट्यान्स प्राप्त गर्ने परिवारले प्राप्त रकमको ७२.४ प्रतिशत दैनिक उपभोगमा खर्च गर्छन्। त्यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न प्रयोग हुने गरेको छ। यसरी कुल रेमिट्यान्सको ८८.२ प्रतिशत रकम उपभोग र ऋण भुक्तानीमै खर्च हुने गरेको छ। पुँजी निर्माण तथा व्यवसाय सञ्चालनमा प्रयोग हुने रकम भने जम्मा १.६ प्रतिशत मात्रै छ।

    सर्वेक्षणअनुसार नेपालका ७६.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन्। रेमिट्यान्स प्राप्त गर्ने एउटा परिवारले वार्षिक औसत एक लाख ४५ हजार ९३ रुपैयाँ पाउने गरेको छ। यो त्यस्ता परिवारको कुल आम्दानीको ३३.४ प्रतिशत हो। यसले नेपाली घरपरिवारको आयआर्जन र दैनिक जीवनयापनमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रकमको ठूलो निर्भरता रहेको देखाउँछ।

    पछिल्लो दशकमा रेमिट्यान्सबाट ऋण तिर्ने हिस्सा पनि उल्लेख्य रूपमा बढेको छ। तेस्रो जीवनस्तर सर्वेक्षण (२०६७/६८) अनुसार त्यसबेला रेमिट्यान्सको ७८.९ प्रतिशत दैनिक उपभोगमा र ७.१ प्रतिशत ऋण भुक्तानीमा खर्च हुने गरेको थियो। चौथो सर्वेक्षणसम्म आइपुग्दा ऋण तिर्ने प्रयोजनमा खर्च हुने हिस्सा १५.८ प्रतिशत पुगेको छ। अर्थात्, एक दशकको अवधिमा रेमिट्यान्सबाट ऋण तिर्ने हिस्सा दोब्बरभन्दा बढी भएको छ।

    यसबीच घरपरिवारले साहु–महाजनबाट लिने ऋणको हिस्सा पनि घटेको सर्वेक्षणले देखाएको छ। आर्थिक वर्ष २०५२/५३ मा यस्तो ऋणको हिस्सा ३९.७ प्रतिशत रहेकामा २०७९/८० सम्म आइपुग्दा ११.४ प्रतिशतमा झरेको छ।

    चाडपर्वका बेला रेमिट्यान्सबाट हुने उपभोग खर्चको ठूलो हिस्सा आयातीत वस्तुमा जाने गरेको छ। विशेषगरी तिहारमा प्रयोग हुने काजु, किसमिस, बदामलगायतका ड्राइफ्रुट्स तथा अन्य उपभोग्य सामग्री विदेशबाट आयात हुने भएकाले चाडपर्वमा बढेको खर्चले स्वदेशी उत्पादन र पुँजी निर्माणमा अपेक्षित योगदान पुर्‍याउन सकेको छैन।

    यसरी रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति, घरपरिवारको आम्दानी र उपभोगलाई ठूलो टेवा पुर्‍याए पनि त्यसलाई बचत, लगानी, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसक्नु चुनौतीका रूपमा देखिएको छ। विदेशमा श्रम गरेर पठाएको रकमको ठूलो हिस्सा तत्कालीन खर्च र ऋण भुक्तानीमै सीमित हुँदा दीर्घकालीन आर्थिक रूपान्तरणमा रेमिट्यान्सको योगदान अपेक्षाकृत कमजोर देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी
    २ घण्टा अघि

  • २

    झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी
    २ घण्टा अघि

  • ३

    एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित
    २ घण्टा अघि

  • ४

    एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
    २३ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    १ दिन अघि

  • ६

    मन्त्रिपरिषद्‌को बैठक बस्दै
    १ दिन अघि

  • ७

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने
    १ दिन अघि

  • ८

    भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने
    १ दिन अघि

  • ९

    गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल
    १ दिन अघि

  • १०

    भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    २

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ३

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ४

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : ऊर्जा, इन्धन पाइपलाइन र पुनर्निर्माणका परियोजना प्राथमिकतामा

    नेपाल नक्सा
    ६

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution