
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवास गुन्डुमा मंगलबार साँझ भएको भेटमा मधेस प्रदेश सरकारको अवस्था, सरकारको कार्यशैली तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयसँगै मधेस प्रदेशमा विकसित सत्ता समीकरणबारे पनि कुराकानी भएको जनाइएको छ। मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार सञ्चालनमा छ। तर, एमालेले गत असोज २५ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
१०७ सदस्यीय मधेस प्रदेशसभामा जनता समाजवादी पार्टीका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यसैगरी संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे