
काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुवै हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्न लाग्दा तिनका पंखा एकआपसमा ठोक्किएका थिए।
पंखा ठोक्किएपछि दुवै हेलिकोप्टरमा क्षति पुगेको बताइएको छ। दुर्घटनापछि एक विदेशी नागरिकको ज्यान गएको र अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था र दुर्घटनाको थप विवरणबारे भने सम्बन्धित निकायले थप जानकारी दिन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे