
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले कुनै पनि घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
उनले छानबिन कसैलाई दुःख दिन, बदला लिन वा पूर्वाग्रह राखेर गर्न नहुने बताएका हुन्। उनका अनुसार छानबिनको मुख्य उद्देश्य सत्य पत्ता लगाउनु, न्याय दिलाउनु र सम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाउनु हो।
भण्डारीले आफूहरू कानुनको शासन र निष्पक्षताको पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले बिचौलियाहरू पनि राज्यको नियम र नियन्त्रणभित्रै रहनुपर्ने बताएका छन्।
साथै, उनले सम्बन्धित निकायलाई आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न र कामको नतिजा देखाउन आग्रह गरेका छन्। अनावश्यक विषयमा अल्झिनुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे