
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। यस्तै, दोस्रो खेल साँझ ५ बजे सुरु हुने तालिका छ। दुवै खेलमा टोलीहरू जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।
यसअघिका खेलको प्रदर्शनका आधारमा चितवन राइनोज प्रतियोगितामा अपराजित रहेको छ। चितवनले पहिलो खेलमा जित निकालेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।
यता, सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा हालसम्म तीन खेल खेलेको छ। तीमध्ये एक खेलमा जित हात पारेको सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको छ। आज चितवनसँग हुने खेल सुदूरपश्चिमका लागि प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने अवसर हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे