
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ। उहाँलाई लिन हेलिकोप्टर इलाम पुगिसकेको छ।
रगतमा चिनीको मात्रा घट्दै गएपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको हो। इलाम जिल्ला अस्पतालमा उपचार गराइरहनुभएका डा. केसीलाई श्वास फेर्नसमेत गाह्रो भएपछि आइतबार रातिदेखि अक्सिजन दिइएको छ।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरूले उहाँलाई सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएका थिए। नेपाल चिकित्सक संघले पनि उहाँको जीवन रक्षाका लागि तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. केसीले इलाममा २५औँ पटक अनशन सुरु गर्नुभएको थियो। अनशनको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे