
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज सोमबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन्। यो खेल दिउँसो १२स्३० बजे सुरु हुनेछ।
काठमाडौंले यसअघिका खेलमा हार बेहोरेको छ। त्यसैले आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा काठमाडौं हुनेछ। लगातार दुई खेल जितेको कर्णाली भने तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा रहन चाहन्छ।
आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच अर्को खेल हुनेछ। तीन खेल खेलेको सुदूरपश्चिमले एक खेल जितेको छ भने दुई खेलमा हार बेहोरेको छ। अर्कोतर्फ चितवनले एक खेल जितेको छ भने वर्षाका कारण अर्को खेल रद्द हुँदा अंक बाँडेको थियो। चितवन आज पनि आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे