• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १८, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल

१ घण्टा अघि
२

भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब

१ घण्टा अघि
३

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने

१९ घण्टा अघि
४

बाढीपीडितलाई जीवन बीमाको रकम पाउन सहज, कागजात र दाबी प्रक्रिया सरल बनायो प्राधिकरणले

२२ घण्टा अघि
५

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१ दिन अघि
६

जिम्मेवारी पूरा गरेर परिणाम देखाउन चन्द्र भण्डारीको आग्रह

१ दिन अघि
७

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्का ४७० सिटका लागि मतदान हुँदै

१ दिन अघि
८

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

१ दिन अघि
९

कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी

१ दिन अघि
१०

आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने

१ दिन अघि
११

भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार

२ दिन अघि
१२

अब जग्गासम्बन्धी सेवा आफ्नै पालिकाबाट, एक महिनाभित्र सबै स्थानीय तहमा लागू हुने

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ कार्तिक १८, बुधबार (१ घण्टा अघि)

भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब

  • 416 Views
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ‘मिसन १६ खर्ब’ अभियानलाई केन्द्रमा राखेर राजस्व संकलनमा कडाइ गरिएपछि भन्सार विभागको आम्दानीमा सुधार देखिएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको विभागले असोजमा लक्ष्यभन्दा बढी राजस्व उठाउँदै पहिलो त्रैमासिकको लक्ष्य पूरा गरेको छ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म १ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा १ खर्ब ५१ अर्ब ३७ करोड रुपैयाँ उठेको छ। यो निर्धारित लक्ष्यको १००.४२ प्रतिशत हो। विभागले तीन महिनाको लक्ष्यभन्दा ६३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो।

    गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा १ खर्ब २२ अर्ब ६ करोड रुपैयाँ मात्रै उठेको थियो। उक्त रकम लक्ष्यको ८४.९१ प्रतिशत थियो। यस आधारमा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भन्सार राजस्व संकलन गत वर्षको तुलनामा २९ अर्ब ३१ करोड रुपैयाँ अर्थात् करिब २४ प्रतिशतले बढेको छ।

    चालू आर्थिक वर्षको सुरुआती दुई महिनामा विभागले लक्ष्यअनुसार राजस्व उठाउन सकेको थिएन। साउनमा ४३ अर्ब ९७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ४० अर्ब १ करोड रुपैयाँ अर्थात् ९१ प्रतिशत मात्रै उठेको थियो। त्यस्तै, भदौमा ५० अर्ब २५ करोड रुपैयाँको लक्ष्यविरुद्ध ४९ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको थियो। यो मासिक लक्ष्यको ९८.७३ प्रतिशत हो।

    असोजमा भने राजस्व संकलनले गति लिएको देखिन्छ। उक्त महिनाका लागि ५६ अर्ब ५२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा विभागले ६१ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ। यो मासिक लक्ष्यभन्दा ५ अर्ब २३ करोड रुपैयाँ बढी हो। असोजको बढी संकलनले साउन र भदौमा भएको कमी पूर्ति गर्दै विभागलाई त्रैमासिक लक्ष्य पार गर्न सहयोग गरेको छ।

    गत आर्थिक वर्षको सुरुआतमा भन्सार राजस्व संकलन अझ कमजोर देखिएको थियो। त्यस वर्ष साउनमा ४५ अर्ब ७१ करोड रुपैयाँको लक्ष्य रहेकामा ३७ अर्ब ९ करोड रुपैयाँ मात्रै उठेको थियो। यो लक्ष्यको ८१.१४ प्रतिशत हो। भदौमा ४८ अर्ब ५० करोड रुपैयाँको लक्ष्यविरुद्ध ४१ अर्ब ६ करोड रुपैयाँ अर्थात् ८४.६६ प्रतिशत राजस्व संकलन भएको थियो।

    विभागका महानिर्देशक यमलाल भुसालले अर्थमन्त्री वाग्लेले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै ‘मिसन १६ खर्ब’ लाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै आएको बताए। उनका अनुसार अर्थमन्त्रीसँग हुने भेटघाटमा समेत पहिलो प्राथमिकता राजस्व संकलनको अवस्थाबारे जानकारी लिने विषयले पाउने गरेको छ। राजस्व संकलनलाई केन्द्रमा राखेर काम गरिएकाले गत वर्षको तुलनामा यस वर्षको प्रगति सुधारिएको उनको भनाइ छ।

    अर्थमन्त्री वाग्लेले गत असार २३ गते नै महानिर्देशक भुसाललाई वार्षिक राजस्व लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका थिए। त्यस क्रममा उनले व्यावसायिक वातावरण अनुकूल बनाउँदै राजस्व चुहावट नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

    सरकारले चालू आर्थिक वर्षका लागि कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री वाग्लेले उक्त लक्ष्यमा १९ अर्ब ६८ करोड रुपैयाँ थप गरी १६ खर्ब पुर्‍याउने अभियानलाई ‘मिसन १६ खर्ब’ नाम दिएका हुन्। यस अभियानअन्तर्गत भन्सार विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको जिम्मेवारी दिइएको छ।

    महानिर्देशक भुसालका अनुसार राजस्व चुहावटको सम्भावना बढी रहेका स्थान पहिचान गरी निगरानी बढाउन भन्सार कार्यालयहरूलाई निर्देशन दिइएको छ। व्यापार सहजीकरण, राजस्व व्यवस्थापन र अवैध व्यापार नियन्त्रणलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरिएको उनले बताए। मासिक लक्ष्य पूरा गर्न नेतृत्व तहबाट नियमित निर्देशन र अनुगमन भइरहेकाले संकलनमा सुधार आएको उनको भनाइ छ।

    भन्सार विभागले वार्षिक लक्ष्य पूरा गर्न बाँकी नौ महिनामा ४ खर्ब ७६ अर्ब ६३ करोड रुपैयाँ संकलन गर्नुपर्नेछ। यसका लागि अबका महिनामा औसतमा करिब ५३ अर्ब रुपैयाँका दरले राजस्व उठाउनुपर्ने देखिन्छ। हालसम्मको प्रगतिका आधारमा वार्षिक लक्ष्य पूरा हुनेमा आफूहरू विश्वस्त रहेको महानिर्देशक भुसालले बताएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल
    १ घण्टा अघि

  • २

    भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब
    १ घण्टा अघि

  • ३

    नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने
    १९ घण्टा अघि

  • ४

    बाढीपीडितलाई जीवन बीमाको रकम पाउन सहज, कागजात र दाबी प्रक्रिया सरल बनायो प्राधिकरणले
    २२ घण्टा अघि

  • ५

    आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    १ दिन अघि

  • ६

    जिम्मेवारी पूरा गरेर परिणाम देखाउन चन्द्र भण्डारीको आग्रह
    १ दिन अघि

  • ७

    अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्का ४७० सिटका लागि मतदान हुँदै
    १ दिन अघि

  • ८

    सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु
    १ दिन अघि

  • ९

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी
    १ दिन अघि

  • १०

    आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    ३

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ४

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

    नेपाल नक्सा
    ५

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ६

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution