• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

४५ मिनेट अघि
२

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

१ घण्टा अघि
३

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

१ घण्टा अघि
४

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

२ घण्टा अघि
५

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

२ घण्टा अघि
६

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

२ घण्टा अघि
७

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

३ घण्टा अघि
८

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

४ घण्टा अघि
९

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ दिन अघि
१०

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१ दिन अघि
११

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
१२

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ ३२, बिहिबार (१ महिना अघि)

राष्ट्र बैंकको एकीकृत परिपत्र : शेयर कर्जा, ईभी बस, ब्याज आम्दानी, निर्माण व्यवसायी र राष्ट्रिय परिचयपत्रमा ठूला परिवर्तन

  • 1,586 Views
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न व्यवस्थामा व्यापक संशोधन गरेको छ। नयाँ व्यवस्थाले शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक सवारीसाधनमा लगानी, निर्माण व्यवसायीको ऋण व्यवस्थापन, बैंकको ब्याज आम्दानी गणना तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी प्रावधानमा महत्वपूर्ण परिवर्तन गरेको हो।

    परिपत्रअनुसार बैंकहरूले अब आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र, अर्थात् साउन १५ गतेसम्म उठेको ब्याजलाई पनि सोही आर्थिक वर्षको आम्दानीमा गणना गर्न पाउने भएका छन्। यसअघि असार मसान्तसम्म प्राप्त भएको ब्याज मात्र वितरणयोग्य नाफामा समावेश गर्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थासँगै साउन १५ भित्र उठेको ब्याजलाई नियामकीय कोषमा सार्नुपर्ने बाध्यता हटेको छ। यसबाट बैंकहरूको वितरणयोग्य नाफा बढ्ने र ऋणीले ब्याज भुक्तानीका लागि थप १५ दिनको समय पाउने अपेक्षा गरिएको छ।

    बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा

    राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले आफ्नै मूल्यांकन कार्यविधि तयार गरी कम्पनीको वित्तीय अवस्था, चुक्ता पुँजी, सूचीकरण अवधि, नाफा, लाभांश इतिहास, क्रेडिट रेटिङ, नियामकीय अनुपालन तथा नियमित साधारण सभा लगायतका आधारमा कम्पनीको स्तर निर्धारण गर्न सक्नेछन्।

    यसरी उत्कृष्ट र वित्तीय रूपमा सबल ठहरिएका कम्पनीहरूको शेयर धितोमा बैंकहरूले बजार मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेछन्। यसअघि सबै सूचीकृत कम्पनीको शेयरमा अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा दिने व्यवस्था थियो।

    विद्युतीय सार्वजनिक बसमा ८० प्रतिशतसम्म ऋण

    वातावरणमैत्री सार्वजनिक यातायातलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले ठूला विद्युतीय सार्वजनिक बस खरिदमा कर्जाको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार सार्वजनिक प्रयोजनका विद्युतीय बस खरिद गर्दा बैंकहरूले कुल मूल्यको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सक्नेछन्। यसअघि यस्तो कर्जा सीमा ६० प्रतिशत थियो। अब व्यवसायीले २० प्रतिशत मात्रै आफ्नै लगानी गरेर सार्वजनिक विद्युतीय बस खरिद गर्न सक्ने भएका छन्।

    चालु पुँजी कर्जाको कडा व्यवस्था एक वर्षपछि लागू हुने

    चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा रहेको ‘भेरिएन्स’ सम्बन्धी व्यवस्था कार्यान्वयनको समय पनि राष्ट्र बैंकले एक वर्ष पछाडि सारेको छ। यसअघि २०८३ साउन १ गतेदेखि लागू हुने भनिएको व्यवस्था अब २०८४ साउन १ गतेदेखि मात्रै लागू हुनेछ।

    राष्ट्र बैंकले आर्थिक मन्दीका कारण व्यवसायीहरूलाई सहजता प्रदान गर्न यो निर्णय गरेको जनाएको छ। यसबाट उद्योगी–व्यवसायीले नगद प्रवाह व्यवस्थापन र ऋण समायोजनका लागि थप समय पाउनेछन्।

    निर्माण व्यवसायीलाई ऋण पुनर्संरचनाको सुविधा

    सरकारी निकायबाट भुक्तानी नपाएर किस्ता र ब्याज तिर्न समस्या भोगिरहेका निर्माण व्यवसायीलाई पनि राष्ट्र बैंकले राहत दिएको छ। सरकारी निकायबाट भुक्तानी हुन बाँकी रहेको प्रमाणित कागजात पेश गरेपछि बैंकहरूले नगद प्रवाह विश्लेषणका आधारमा ऋण पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्नेछन्।

    यस्तो सुविधा प्राप्त गर्न ठेकेदारले तिर्नुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाउनुपर्नेछ भने २०८३ असोज मसान्तभित्र बैंकमा आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो पुनर्संरचित ऋणमा बैंकहरूले पाँच प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गरे पुग्नेछ।

    राष्ट्रिय परिचयपत्र नहुँदै पनि बैंक खाता सञ्चालन गर्न सकिने

    राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थालाई पनि थप लचिलो बनाएको छ। अब ग्राहकले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य माध्यमबाट आफूसँग राष्ट्रिय परिचयपत्र भए वा नभएको स्वघोषणा गरे पुग्नेछ।

    राष्ट्रिय परिचयपत्र नभएका नेपाली नागरिकको हकमा बैंकहरूले प्रत्येक छ–छ महिनामा विवरण अद्यावधिक गर्न सूचना पठाए पुग्नेछ। परिचयपत्र नभएको आधारमा बैंक खाता रोक्का गर्न नपाइने व्यवस्था गरिएको छ।

    त्यस्तै, विदेशमा रहेका नेपालीले अनलाइनमार्फत बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ। उनीहरूले नेपाल फर्किएको ३५ दिनभित्र आवश्यक विवरण उपलब्ध गराए पुग्नेछ।

    आफ्नो हेरचाह आफैं गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा पनि राष्ट्रिय परिचयपत्रबिना अन्य सरकारी परिचय खुल्ने कागजातका आधारमा बैंक खाता खोल्न र सञ्चालन गर्न सकिने व्यवस्था परिपत्रमा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल
    ४५ मिनेट अघि

  • २

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    १ घण्टा अघि

  • ३

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    १ घण्टा अघि

  • ४

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    २ घण्टा अघि

  • ५

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    २ घण्टा अघि

  • ६

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    २ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    ३ घण्टा अघि

  • ८

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ४ घण्टा अघि

  • ९

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    १ दिन अघि

  • १०

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution