
काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको विरोधमा साउन १२ गते (मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले घटनामा संलग्नलाई कानुनअनुसार कडा कारबाही गर्न र घटनास्थलमा जिम्मेवारी पूरा गर्न नसकेका सुरक्षा तथा सम्बन्धित निकायको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।
आक्रमणमा डा. प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मी घाइते भएका छन्। संघले स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी र आम नागरिकलाई साथ दिन अपिल गरेको छ। साथै, आन्दोलनका थप कार्यक्रम पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे