
काठमाडौँ । सरकारले नेपाल फार्मेसी परिषद्को नयाँ अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा. आलमले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै पद तथा गोपनीयताको शपथ लिएका छन्।
अध्यक्ष पदका लागि आवेदन दिएका विभिन्न व्यक्तिमध्ये छनोट प्रक्रियाबाट डा. आलमलाई जिम्मेवारी दिइएको हो। शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले फार्मेसी परिषद्लाई अझ राम्रो, पारदर्शी र जिम्मेवार संस्थाका रूपमा अघि बढाउन आग्रह गरिन्। उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षालाई व्यवस्थित बनाउने, फार्मेसी क्षेत्रको नियम–कानुन प्रभावकारी रूपमा लागू गर्ने र जनताको विश्वास बढाउने काममा सक्रिय हुन निर्देशन दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे