
काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका घटनामा मृत्यु भएका तथा घाइते व्यक्तिका परिवारलाई राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका र प्रभावित भएकाहरूलाई सरकारी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
घटनामा मृत्यु भएका परिवार र घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गरिने भए पनि कति रकम उपलब्ध गराउने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। सुनसरीमा तीन जना र सिरहामा एक जनाको मृत्यु भएको थियो। घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्न सरकारले यस्तो निर्णय गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे