
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्रीले जवाफ दिने कार्यक्रम छ।
त्यसैगरी, विभिन्न नयाँ विधेयकलाई थप छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पनि पेश हुनेछन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवा र सुविधासम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव राख्नुहुनेछ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी विधेयक, महिला बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन नियन्त्रणसम्बन्धी विधेयक र उद्योगमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यसैबीच, आज पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। ती समितिले विभिन्न विषयमा छलफल गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे