
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र नेपाली जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसँगै पशुपतिनाथ मन्दिर पुग्नुभएको थियो। उहाँहरूले देश र जनताको हित तथा कल्याणका लागि प्रार्थना गर्दै पूजाआराधना गर्नुभयो।
पूजापछि राष्ट्रपतिले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे