
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई अस्ट्रेलियाको साथ रहेको बताएका छन् ।
अस्ट्रेलियाली संसद्मा बोल्दै उनले बाढीपछि अस्ट्रेलियाका ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिए । समय बित्दै जाँदा उनीहरूलाई जीवितै उद्धार गर्ने आशा कमजोर बन्दै गएको भन्दै उनले दुःख व्यक्त गरे ।
गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले सीमा क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । प्रधानमन्त्री अल्बानिजले नेपालले यस विपद्बाट सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको बताए ।
उनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुराकानी गरी अस्ट्रेलिया सरकार र जनताको तर्फबाट सहयोग तथा ऐक्यबद्धता व्यक्त गरेको बताए ।
साथै, अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग समन्वय भइरहेको र राहतका लागि सहयोग जुटिरहेको जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे