
एजेन्सी । इन्डोनेसियामा माउन्ट अनक क्राकाटाउ ज्वालामुखीबाट खरानी निस्किएपछि राजधानी जकार्तासहित केही प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन्। ज्वालामुखीको गतिविधि बढेपछि आकाशमा खरानी फैलिएको र यसले विमान उडानका लागि जोखिम बढाएको भन्दै उडान सेवा रोकिएको हो।
यसका कारण जकार्ताको सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। हालसम्म १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् भने सात उडान ढिला र पाँच उडानको समय परिवर्तन गरिएको छ। सिंगापुर, हङकङ, सिड्नी, सोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुर जाने उडानहरू पनि प्रभावित भएका छन्।
अन्य केही विमानस्थलसमेत बन्द गरिएका छन्। विमानस्थल बन्द हुँदा करिब २३ हजार यात्रु प्रभावित भएका छन्। अधिकारीहरूले ज्वालामुखी र हावामा फैलिएको खरानीको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। अवस्था सुरक्षित भएपछि उडान पुनः सञ्चालन गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे