
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। सरकारले मृतकप्रति सम्मान व्यक्त गर्न आज सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो।
प्रहरीका अनुसार बाढीमा परी हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ। तीमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ शवको पहिचान हुन सकेको छैन। अझै ३ हजार ९९२ जना सम्पर्कविहीन छन्। बेपत्तामध्ये नेपाली र विदेशी नागरिक दुवै रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी, उद्धार र शव व्यवस्थापनको काम जारी राखेका छन्। हालसम्म १ हजार ४४ शवको व्यवस्थापन गरिसकिएको प्रहरीले जनाएको छ।
बाढीबाट घाइते भएका ९ हजार १५९ जनाको उद्धार गरिएको छ। बेपत्ता र मृतकको पहिचान गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। अहिलेसम्म २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे