
काठमाडौँ । कृषि विकास कार्यालय धादिङले मौसमको अवस्था बुझेर मात्र धान काट्न र भित्र्याउन किसानलाई आग्रह गरेको छ। कार्यालयका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुन सक्ने सम्भावना छ।
पाकिसकेको धान सम्भव भए आजै भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाव दिएको छ। तत्काल काट्न नसकिने धान मौसममा सुधार आएपछि भित्र्याउन भनिएको छ।
धान नपाकेका खेतमा पानी जम्न नदिन कुलो वा नाली बनाएर निकास गर्न पनि आग्रह गरिएको छ। हावाहुरी वा वर्षाले धान ढलेमा बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न कार्यालयले सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे