
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन भएको केही समयमै सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु दुःखद र चिन्ताजनक भएको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले लोकतन्त्रमा सरकार र प्रतिपक्षबीच आलोचना, बहस र सहकार्य हुनु स्वाभाविक भएको बताएका छन्। तर निर्वाचनपछि तुरुन्तै सरकार ढाल्ने प्रयासले देशमा राजनीतिक अस्थिरता बढाउने, अर्थतन्त्र कमजोर बनाउने र युवाहरू विदेशिनुपर्ने अवस्था सिर्जना गर्ने उनको भनाइ छ।
भट्टराईले सरकारका गलत कामको निरन्तर खबरदारी गर्न र गरिब तथा पछाडि परेका नागरिकका समस्या समाधान गर्न दबाब दिन सबैलाई आग्रह गरेका छन्। सरकारले काम नगरे कानुनअनुसार कारबाही गर्नुपर्ने तर संविधानको सीमाभित्र रहेसम्म निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनको धारणा छ। सरकारले राम्रो काम नगरे अर्को निर्वाचनमार्फत परिवर्तन गर्नुपर्ने उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे