
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदबाट हटाउन नक्कली पत्र बनाएको आरोप लगाउँदै सभामुखसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन्।
काफ्लेले सभामुख तुलाराम घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा हालेकी हुन्।
उनका अनुसार पार्टीको आधिकारिक निर्णयबिना पत्र तयार गरी त्यसकै आधारमा आफूलाई सांसद पदबाट हटाइएको थियो। आफूले पार्टी नछाडेको र राजीनामा पनि नदिएको उनको दाबी छ।
यसअघि सर्वोच्च अदालतले २०८३ असोज ६ गते पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। काफ्लेले विवादित पत्रको सत्यता जाँच गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेकी छन्। उक्त आरोपबारे अदालतको अन्तिम निर्णय आउन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे