
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण भइरहेको सुरुङ छिचोल्ने कार्यक्रममा सहभागी हुन बुधबार मकवानपुर पुगेका छन्।
राष्ट्रपति पौडेलले सुरुङको ब्रेक थ्रु कार्यक्रममा सहभागी हुनुका साथै द्रुतमार्गको निर्माण कार्यको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उनी नेपाली सेनाको हेलिकप्टरमार्फत महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा पुगेका हुन्।
त्यहाँ उनलाई बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न सरकारी अधिकारीले स्वागत गरेका थिए।
काठमाडौंलाई तराईसँग जोड्ने यस द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे