
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिएका थिए।
भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। साथै, आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि छलफल गरेका थिए।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेट महत्त्वपूर्ण र ऐतिहासिक हुने बताएका थिए। उनले भ्रमणलाई सफल बनाउन आवश्यक तयारी भइरहेको जानकारीसमेत दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे