
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले नेपाल सरकार र जनताका तर्फबाट गान्धीप्रति सम्मान व्यक्त गर्दै आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । उनले गान्धीको जीवनले सत्य, अहिंसा, करुणा र निःस्वार्थ सेवाको महत्त्व सिकाएको उल्लेख गरेका छन् । साथै, नेपाल र भारतबीचको सम्बन्ध आपसी सम्मान र विश्वासका आधारमा अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि प्रधानमन्त्री शाहलाई भारतीय राष्ट्रपति भवनमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियो । आजै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा ऊर्जा, यातायात र पूर्वाधार सहकार्यका विषयमा छलफल हुने बताइएको छ । शाह आजै स्वदेश फर्कने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे