
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्। सोमबार भारतको राजधानी नयाँदिल्लीमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा दुई देशबीच विभिन्न विषयमा समझदारीसमेत भएको थियो। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीको आयोजनामा भएको दिवाभोजमा सहभागी भएका शाहले भारतीय राष्ट्रपतिसँग भेट गरेका हुन्।
आइतबार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री शाहले उच्चस्तरीय भेटवार्ता तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे