
काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल पहिले नै सञ्चालन गर्न लागिएको हो।
आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेलमा प्रतिस्पर्धा हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। बाँकी खेल सल्यान, दैलेख, कालीकोट, जुम्ला, पश्चिम रुकुम, नेपालगञ्ज र बर्दियामा सञ्चालन गरिनेछ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टोली सहभागी हुनेछन्। कुल ३८४ प्रतिस्पर्धामा १ हजार ३३७ पदकका लागि खेलाडी भिड्नेछन्। यसपटक रजत र कास्य पदक विजेताले पनि नगद पुरस्कार पाउनेछन्।
प्रतियोगिता मंसिर १६ गते सुर्खेतमा उद्घाटन भई २७ गते समापन हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे