
काठमाडौँ । भारतको अयोध्याबाट जनकपुरधाम जोड्ने सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुर आइपुगेको छ। १७ डिब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री आएको अनुमान गरिएको छ।
सोमबार प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि दिउँसो साढे १२ बजे अयोध्याबाट छुटेको रेल मंगलबार बिहान पौने १० बजे जनकपुर पुगेको हो।
जनकपुर पुगेका यात्रुलाई सरकारी अधिकारी, जनप्रतिनिधि र स्थानीयले नेपाल तथा भारतका झण्डा फहराउँदै स्वागत गरेका थिए। स्वागतका लागि फूलमाला, सांस्कृतिक झाँकी र विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको थियो।
रेलमा आएका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ। यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ। रेल दिउँसो १ बजे अयोध्या फर्किने तालिका रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे