
काठमाडौं । ग्लोबल आईएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो स्वामित्वमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य निर्धारण गरी उक्त सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो।
बैंकले सेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएपछि रिलायबल नेपाल लाइफले विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिँदै ३५ दिनभित्र आवेदन पेस गर्न सूचना जारी गरेको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता र प्रस्तावित रकम खुलाएर आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ।
व्यक्ति वा संस्थाका तर्फबाट आवेदन दिँदा सम्बन्धित कागजातसमेत पेस गर्नुपर्नेछ। संस्थाका हकमा दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रूपमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सबै सेयर खरिद नभएमा बाँकी सेयर अन्य लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीको सूचनामा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे