
काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । मिल सञ्चालन, आधुनिकीकरण र व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरिएको छ ।
वि.सं. १९९३ मा स्थापना भएको मिल सञ्चालनका लागि विराटनगर र दमकमा रहेको ६७ बिघा जग्गा प्रयोग गरिने भएको छ । कम्पनीले दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन भए पाँच हजारभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको छ ।
नयाँ लगानीकर्ताले पुराना ऋण र श्रमिकसम्बन्धी दायित्व बेहोर्नुपर्ने छैन । उद्योग ३५ वर्षसम्मको सम्झौतामा सञ्चालन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । जुट उद्योगमा कम्तीमा २० वर्षको अनुभव भएका लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आशयपत्र बुझाउनुपर्नेछ । उद्योग मन्त्रालय वा विराटनगर जुट मिलमा प्रस्ताव बुझाउन सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे