• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर १०, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिए

२१ मिनेट अघि
२

मलेसिया प्रकरणमा पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ परेको गृह मन्त्रालयको जानकारी

३२ मिनेट अघि
३

सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउने योजना छ : मन्त्री श्रेष्ठ

३९ मिनेट अघि
४

सुनकोशी–मरिण आयोजना विवाद : प्रधानमन्त्री कार्यालयको भूमिकामाथि कांग्रेसको प्रश्न

४३ मिनेट अघि
५

कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

५0 मिनेट अघि
६

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

१ घण्टा अघि
७

दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन

१ घण्टा अघि
८

बढ्यो सुन-चाँदीको मूल्य

२ घण्टा अघि
९

चीन भ्रमण सकेर रास्वपाको टोली आज स्वदेश फर्कँदै

२ घण्टा अघि
१०

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

२ घण्टा अघि
११

मासु कोल्ड स्टोरेजमा मन्त्रीको छड्के अनुगमन, खाद्य सुरक्षा मापदण्डबारे चासो

३ घण्टा अघि
१२

कान्तिपुर फर्मास्युटिकल्सले जारी गर्‍यो ८ लाख ९० हजार कित्ता आईपीओ

३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (३९ मिनेट अघि)

सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउने योजना छ : मन्त्री श्रेष्ठ

  • 338 Views
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो र सबैको साझा सरोकारको विषय भएको बताएका छन् । उनले काठमाडौँलाई स्वच्छ र व्यवस्थित बनाउने अभियानमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

    बिहीबार टेकुस्थित बायोमिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनलाई समयमै सम्बोधन गर्न नसके त्यसले भावी पुस्तासमेत प्रभावित हुने बताए । फोहोरलाई समस्याका रूपमा मात्र नहेरी त्यसबाट ऊर्जा उत्पादन र आर्थिक लाभ लिन सकिने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

    काठमाडौँ महानगरपालिकाले अघि सारेका तीनवटा कार्यक्रममध्ये काठमाडौँलाई पुनर्भरण गर्ने र फोहोरबाट बायोग्यास उत्पादन गर्ने कार्यक्रम अघि बढिसकेको उनले जानकारी दिए । महानगरको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि बाढीका कारण उपकरणमा क्षति पुगेपछि तत्काल उत्पादन सम्भव नभएको उनले बताए ।

    विद्युत् उत्पादनको कामलाई अघि बढाउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई बिग्रिएका उपकरण मर्मत गर्न निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । काठमाडौँमा फोहोरबाट विद्युत् उत्पादन गर्न सकिने उदाहरण स्थापित गर्न सके अन्य स्थानीय तहलाई समेत यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिल्ने उनको विश्वास छ । उत्पादित विद्युत् काठमाडौँ महानगरपालिकाको वडा नम्बर १२ का लागि आम्दानीको स्रोतसमेत बन्न सक्ने उनले बताए ।

    मन्त्री श्रेष्ठले सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रको फोहोर व्यवस्थापनका लागि दैनिक तीन हजार किलो फोहोर हटाउने योजना अघि बढाइएको जानकारी दिए । यसलाई क्रमशः विस्तार गर्दै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रको एक किलो फोहोर पनि अन्यत्रको ल्यान्डफिल साइटमा लैजान नपर्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

    सरकारले अघि सारेको ‘एलपीजीमुक्त स्थानीय सरकार’ अभियानलाई पनि फोहोरबाट उत्पादित बायोग्यासले सहयोग पुर्‍याउने उनले बताए । यद्यपि, उत्पादित ग्यासको वितरण तथा उपयोगका विषयमा नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले यसबारे सम्बन्धित निकायसँग छलफल र समन्वय गरेर अघि बढ्ने बताए । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेकाले त्यसमा आवश्यक व्यवस्था समेटेर ग्यास वितरणको प्रक्रिया व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।

    मन्त्री श्रेष्ठले घरबाटै फोहोरको वर्गीकरण गर्ने व्यवस्था प्रभावकारी बनाउन महानगरपालिकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । फोहोर व्यवस्थापनलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उनले बताए ।

    उनले अन्य स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर कार्यक्रम अघि बढाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गर्दै सरकार महानगरको अभियानलाई आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिए
    २१ मिनेट अघि

  • २

    मलेसिया प्रकरणमा पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ परेको गृह मन्त्रालयको जानकारी
    ३२ मिनेट अघि

  • ३

    सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउने योजना छ : मन्त्री श्रेष्ठ
    ३९ मिनेट अघि

  • ४

    सुनकोशी–मरिण आयोजना विवाद : प्रधानमन्त्री कार्यालयको भूमिकामाथि कांग्रेसको प्रश्न
    ४३ मिनेट अघि

  • ५

    कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा
    ५0 मिनेट अघि

  • ६

    पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
    १ घण्टा अघि

  • ७

    दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन
    १ घण्टा अघि

  • ८

    बढ्यो सुन-चाँदीको मूल्य
    २ घण्टा अघि

  • ९

    चीन भ्रमण सकेर रास्वपाको टोली आज स्वदेश फर्कँदै
    २ घण्टा अघि

  • १०

    वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

    नेपाल नक्सा
    ३

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ४

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

    नेपाल नक्सा
    ५

    मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद

    नेपाल नक्सा
    ६

    भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution