• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ३०, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

१७ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

१८ घण्टा अघि
३

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

१८ घण्टा अघि
४

प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन

१९ घण्टा अघि
५

साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

१९ घण्टा अघि
६

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

१९ घण्टा अघि
७

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

१ दिन अघि
८

प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न

१ दिन अघि
९

देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, ८९ विद्यालयलाई बजेट निकासा

१ दिन अघि
१०

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, अटेरी गरे कारबाही

१ दिन अघि
११

लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमेद भट्टराई नियुक्त

१ दिन अघि
१२

चाडपर्वको बिदामा साइबर ठगी रोक्न राष्ट्र बैंकको निर्देशन, शंकास्पद कारोबार तत्काल रोक्का गर्नुपर्ने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि

देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, ८९ विद्यालयलाई बजेट निकासा

काठमाडौं। सरकारले देशभरका उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका तथा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ।
सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्दै शैक्षिक गुणस्तर र सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सरकारले ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट सम्बन्धित विद्यालयहरूमा आधुनिक सुविधासहितका नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइनेछ।
योजनाअन्तर्गत प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँ लागतमा १२ कोठाका तीनतले भवन निर्माण गरिनेछ। ती भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले जानकारी दिएका छन्।
सरकारले विद्यार्थीको चाप बढी भएका सामुदायिक विद्यालयमा विद्यमान भौतिक संरचनाको अभाव समाधान गर्दै सुरक्षित, व्यवस्थित र प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप रहे पनि अन्य विद्यालयहरू विद्यार्थी अभावको समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै शैक्षिक संस्थाहरूबीच देखिएको असमानता न्यूनीकरण गर्न पूर्वाधार सुधारको कार्यक्रम अघि बढाइएको बताएका छन्।
उनका अनुसार तत्कालका लागि धेरै विद्यार्थी अध्ययनरत विद्यालयलाई प्राथमिकता दिइए पनि आगामी दिनमा देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा समान सुधार ल्याउने सरकारको लक्ष्य छ।
सामुदायिक शिक्षाको रूपान्तरणका लागि पूर्वाधार विकास महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यालयहरूबीचको स्रोतसाधन तथा शैक्षिक अवसरको असमानता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै सामुदायिक विद्यालय सुधारको अभियानमा सबै पक्षलाई सहकार्य गर्न आह्वानसमेत गरेका छन्।


www.nepalnaksa.com

Your Media Pvt. Ltd.

New Baneshwor, Kathmandu

+977-015581367, 9851026663

[email protected]

नेपाल नक्साका लागि:

सम्पादक:
लोकेन्द्र भण्डारी

समाचार संयोजक:
सुनिल आचार्य

रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे

साईट मेनु

  • गृह पृष्ठ
  • गोपनियता
  • बिज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो टीम
  • हाम्रो बारेमा
© २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
Designed by: GOJI Solution