• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

३१ मिनेट अघि
२

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

४८ मिनेट अघि
३

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

२१ घण्टा अघि
४

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२१ घण्टा अघि
५

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
६

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
७

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
८

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
९

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
१०

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
११

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

२ दिन अघि
१२

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार (३ साल अघि)

बाँदरले दुःख दिन थालेपछि कागती र किवी खेती

  • 4,523 Views
  • काठमाडौँ २ कार्तिक | विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।

    किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।

    यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानले किवी, कागती, चिया र टिम्मुरलगायत रोप्न थालेका छन् । वैकल्पिक खेतीप्रति चासो नदिएका किसान सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै यसतर्फ लागेका हुन् । बाँदरले सताएपछि हेलम्बु गाउँपालिका ४ गैँटारका किसानको बाँझो बसेको झण्डै चार सय रोपनी खेतीयोग्य जमिनमा अहिले कागती खेती गरिएको छ ।

    मलिलो जमिन, सिँचाइको व्यवस्था, राम्रो उत्पादन हुने गरे पनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैन थिए । “बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानले व्यावसायिक कागती खेती सुरु गरेका छन्”, स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, “धान, मकैजस्ता खाद्य बाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।” उनले अहिले भने किसानले बाँदरलाई झुक्याउन सफल भएको बताए ।

    कागती खानका लागि बाँदर नआएको हैन । निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाइ छ । कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदर घाइते हुने गरेपछि कागती खान बाँदर नआउने गरेको हो । घर आसपासका जमिनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्ने हुँदा कागती खेतीको सुरु गरिएको अर्का स्थानीय लालनाथ लामिछानेले बताए । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा तीन सय बोट कागतीको बिरुवा रोपेको उनले बताए ।

    घरआँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कका किसानले पनि सामूहिक चिया खेतीको सुरुआत गरेका छन् । परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चिया खेती सुरु गरिएको मन्जुश्री चिया, कफी, अलैँची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङको भनाइ छ । “चियामा फल हुँदैन, पात टर्रो हुने भएपछि बाँदर लाग्दो रहेनछ ।” उनले भने । पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोसी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाको भोटेचौर, हैबुङमा चिया खेती विस्तार गरिएको छ ।

    इन्द्रावती गाउँपालिका १ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले हैरानी गरेपछि गाउँभर किवी खेती लगाउन सुरु गरिएको छ । समुद्री सतहबाट झण्डै दुई हजार पाँच सय मिटरको उचाइमा पर्ने यो गाउँमा उत्पादित आलु, मुला अहिले लोप भइसकेको अवस्था छ । यहाँका आलु, मुला सदरमुकाममा मात्रै नभई राजधानीसम्म खपत हुन्थ्यो । “बाँदरले जमिन खनेर भए पनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्ने अवस्था आयो”, उनले भनिन् “बाँदरबाट जोगाउन अहिले सबैले किवी खेती गरेका छन् ।” उनका अनुसार किवीलाई बाँदरले खाँदैन ।

    किवीको फलको बाहिरी भाग निकै खस्रो हुन्छ । झुस हुन्छ । जसले बाँदरलाई चिलाउने समस्याले सताउँछ । काँचोमा निकै टर्रो र अमिलो हुने हुँदा किवीको फल खान बाँदर नआउने गरेको उनले बताइन् । अहिले किवी मेलम्ची, भोटेचौर, हैबुङ, चौतारा, ठूलोओखरेनी, हेलम्बु, लिस्तीलगायतका ठाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन् । सदरमुकाम चौतारावासी पनि बाँदरको समस्याबाट ग्रस्त छन् । यहाँका किसानले भने किवी, चिया उचाइका कारण नहुने भएपछि टिम्मुर खेतीको सुरुआत गर्न थालेका छन् । टिम्मुरको बोटमा काँडा हुने हुँदा बादर नलाग्ने भएपछि यो खेतीको सुरुआत गर्न लागिएको नेत्र बस्नेतको भनाइ छ ।

    सरकारले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारीको वातावरण सिर्जना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् ।

    बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँसभाबाट बजेट विनियोजनसमेत गरेको थियो । पालिकाको वडा नं ३ मा बाँदर नियन्त्रण भनी रु पाँच लाख विनियोजन गरिएको हो तर नियन्त्रण भने हुन सकेको छैन ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    ३१ मिनेट अघि

  • २

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ४८ मिनेट अघि

  • ३

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    २१ घण्टा अघि

  • ४

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २१ घण्टा अघि

  • ५

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • ६

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ७

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ८

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ९

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • १०

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution