
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकमा रहेका परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।
घटनाको जानकारी पाएलगत्तै मन्त्री मेहताले सुरक्षा निकाय र प्रशासनसँग सम्पर्क गरी अवस्था नियन्त्रणमा लिन, घाइतेको उपचार गर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरेको बताएकी छन्। उनले अपुष्ट खबर वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेकी छन्। साथै, घटनाको निष्पक्ष छानबिन भई सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास व्यक्त गर्दै सबैलाई धैर्य र संयमता अपनाउन अपिल गरेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे