
काठमाडौँ । नेपालकै पहिलो ‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ सोमबारदेखि औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुसहितका अधिकारीहरूले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरेका हुन्। उद्घाटनपछि टोलीले सुरुङमार्गको निरीक्षण यात्रा पनि गरेको थियो।
जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा बनेको यो आयोजना करिब १९ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको हो। मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने उद्धार सुरुङसहित कुल लम्बाइ करिब ५.५ किलोमिटर रहेको छ।
हाल सुरुङमार्ग परीक्षण चरणमा रहेकाले एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। परीक्षण अवधिमा कुनै शुल्क लाग्ने छैन। पूर्ण रूपमा सञ्चालनमा आएपछि सवारीसाधनको प्रकारअनुसार शुल्क तिर्नुपर्नेछ। कार र भ्यानले ६० देखि ६५ रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे