
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुङ्गा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयमा प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले विगतमा राजाका पालामा बनेका संरचना, सार्वजनिक संस्था र राजमार्गको नाम परिवर्तन गर्नेहरूले अहिले आफ्नो इतिहास मेटिँदा दुःख मान्न नहुने बताएका छन्। उनले अरूको इतिहास हटाउने प्रवृत्तिले अन्ततः आफ्नै इतिहास पनि मेटिन सक्ने टिप्पणी गरेका छन्।
शाहीले विगतका संरचना र तिनसँग जोडिएका इतिहास मेटाउने काम भएको आरोप लगाउँदै अहिले त्यही प्रक्रिया दोहोरिएको बताएका छन्। उनले यस विषयलाई एउटा कथासँग तुलना गर्दै आज अरूको पहिचान हटाउनेहरूले भोलि आफ्नै पहिचान गुमाउन सक्ने चेतावनी दिएका छन्।
नागढुङ्गा सुरुङमार्गबाट ओलीको नाम हटाइएको विषय अहिले सामाजिक तथा राजनीतिक रूपमा चर्चामा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे