
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाआराधना गरेका हुन्। राष्ट्रपतिको सचिवालयका अनुसार पूजाआराधनाका क्रममा उनले देश र जनताको कल्याणको कामना गरेका थिए।
पूजाआराधना सम्पन्न गरेपछि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे