
काठमाडौँ । चितवनका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले आफ्नो नाममा जग्गाको स्वामित्व पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरेको हो। लामो समयदेखि जग्गा भएर पनि कानुनी स्वामित्व नपाएका स्थानीय अब आधिकारिक रूपमा जग्गाधनी बनेका छन्।
लालपुर्जा पाएपछि उनीहरूले आफ्नो जग्गाको कानुनी अधिकार पाएका छन् र भविष्यमा सरकारी तथा अन्य कामका लागि पनि सहज हुने अपेक्षा गरिएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न देशभर जग्गाधनी प्रमाण–पत्र वितरण गर्ने अभियान अघि बढाइरहेको छ।
यसै क्रममा झापाको कनकाई नगरपालिकामा पनि पाँच परिवारलाई लालपुर्जा वितरण गरिएको छ। सरकारले विभिन्न जिल्लामा रहेका भूमिहीन परिवारलाई कानुनी रूपमा जग्गाको मालिक बनाउने प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे